भारतद्धारा नेपाललाई २०० वटा हेमो डायलासिस मेसिन सहयोग, आईपुग्यो पहिलो खेप

काठमाडौँ, ८ फागुन । भारत सरकारले नेपाललाई २०० वटा हेमोडायलासिस मेसिन सहयोग गरेको छ । मिर्गौैला रोगका बिरामीको उपचारमा प्रयोग हुने सो मेसिन नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले केही बेर अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरीलाई हस्तान्तरण गरे ।

दुतावासले आज पहिलो खेपमा आएको २० वटा मेसिन हस्तान्तरण गरेको हो । दुतावासले बाँकी मेसिनहरु केही दिनै आइपुग्ने जानकारी दिएको छ ।

सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको स्वास्थ्य सेवालाई सुदृढ बनाउन आफूहरुले मेसिन सहितको सहयोग गरेको बताए । उनले पहिलो खेप आज हस्तान्तरण गरेको भन्दै बाँकी मेसिन पनि केही दिन भित्रै आइपुग्ने बताए । सो अवसरमा उनले नेपालको स्वास्थ्य क्षेत्रका लागि भारतले निरन्तर रुपमा सहयोग गर्दै आएको समेत बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पदम गिरीले भारत सरकारका तर्फबाट भएको सहयोगको प्रशंसा गरे । उनले ने्पालको स्वास्थ्य क्षेत्रमा भारतले अत्यावश्यक उपकरण, एम्बुलेन्स देखि अन्य भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएको भन्दै दुई देश बीचको असल छिमेकीको सम्वन्ध अझ प्रगाड रहने विश्वास व्यक्त गरे ।

करीव एक वर्ष अघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा २०० वटा डायालसिस मेसिन सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

सोही प्रतिवद्धता अनुरुप आज पहिलो खेप मेसिन आएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *