चिकित्सक संघले आव्हान गरेको अस्पताल बन्दको कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, २८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका डा जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले लाठि चार्ज गरेको विरोधमा संघले भोलिका लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आव्हान गरेको छ । यता प्रहरीले भने डाक्टर माथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शनिबार राती विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हटन नेपाल चिकित्सक संघसंग आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको , ‘घटनामा सम्लग्न सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन गरिरहेको तथा घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि बार्ता समिति गठन गर्ने र संघका विषयलाई सम्वाद मार्फत हल गर्ने प्रयास भइरहेको छ । स्वास्थ्य क्षेत्र जस्तो सम्वेदनशील विषयमा स्वास्थ्यकर्मीहरु थपि सम्वेदनशील बनेर उपचारका लागि आउने बिरामीलाई निर्वाध रुपमा सेव ागर्न समेत अनुरोध छ ।’
चिकित्सक संघले भोलीका लागि तय भएको स्वास्थ्य संस्था बन्द गर्ने कार्यक्रमको सर्वत्र आलोचना हुन थालेको छ ।