नेपाल बाल शल्यचिकित्सक समाजमा नयाँ कार्यसमिति, अध्यक्षमा प्राडा रामेश्वर पोखरेल

काठमाडौँ, ३० पुस । नेपाल बाल शल्य चिकित्सक समाजको छैटौँ साधारण सभाले प्राडा रामेश्वर पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समाजको शुक्रबार सम्पन्न साधारणसभाले उपाध्यक्षमा सहप्राडा अनुपमा बस्नेतलाई निर्वाचित गरेको छ ।

यस्तै महासचिवमा प्राडा विजय थापा, सचिवमा डा रमना राजकर्णिकार निर्वाचित भएका छन् । यसैगरी संस्थाको कोषाध्यक्षमा डा दिनेश कोइराला र सह कोषाध्यक्षमा डा जस्मिन बज्राचार्य निर्वाचित भएका छन् । साधारणसभाले सदस्यहरुमा डा पुस्कर पोखरेल, डा सुमन अधिकारी, डा नृपेश राजभण्डारी, डा सिरिश सिलवाल निर्वाचित गरेको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकाल दुई वर्षको हुनेछ ।

यसअघि समाजको नेतृत्व प्राडा रामनन्दनप्रसाद चौधरीले गरेका थिए ।

नेपालमा बाल शल्य चिकित्सकहरुको संख्या नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको अहिलेसम्म २९ जना रहेको छ । समाजले मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरु आफूकहाँ पनि सदस्य भएको बताएको छ ।

त्यसो त अहिलेसम्म दर्ता भएका बाल शल्य चिकित्सिक सबै विदेशमा अध्ययन गरेर आएका हुन् । नेपालमा यस विषयको पढाई गतवर्ष देखि मात्रै सुरु भएको छ ।

चिकित्सा शिक्षा आायोगले गतवर्ष देखि यस विषयको अध्ययन सुरु गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई एक सिट उपलव्ध गराएको छ । न्याम्सले सो कार्यक्रम कान्ति बाल अस्पतालबाट सुरु गरेको छ । गतवर्ष देखि कान्तिमा बाल्य शल्यचिकित्सा विधामा विद्यावारिधीको अध्ययन् हुँदै आएको छ ।

यसैबीच आगामी १७ र १८ मार्चका दिन समाजले अन्तराष्ट्रिय स्तरको बाल शल्यचिकित्सा सम्वन्धी सम्मेलन गर्ने भएको छ । यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *