भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको सिफारिस

काठमाडौँ, २८ पुस। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कम्पनी मरिन बायोटेकबाट उत्पादित दुई कफ सिरप (खोकीका औषधि)लाई प्रयोग नगर्न सिफारिस गरेको छ ।

एउटा कम्पनीबाट उत्पादित एम्ब्रोनल सिरप र डीओके-१ म्याक्स सिरपमा रोक लगाइएको डब्लुएचओले जनाएको छ । डब्लुएओले बुधबार मरिनबाट उपादित ती औषधिको गुणस्तर जाँचमा कमसल भएकोले बिक्री रोक्न निर्देशन दिएको छ ।

उज्वेकिस्तानले ती कफ सिरवपको प्रयोगबाट १९ बालबालिकाको मृत्यु भएको आरोप लगाएको थियो । उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरिनको लाइसेन्स रद्द गरिदिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *