भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको सिफारिस

560
Shares

काठमाडौँ, २८ पुस। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कम्पनी मरिन बायोटेकबाट उत्पादित दुई कफ सिरप (खोकीका औषधि)लाई प्रयोग नगर्न सिफारिस गरेको छ ।

एउटा कम्पनीबाट उत्पादित एम्ब्रोनल सिरप र डीओके-१ म्याक्स सिरपमा रोक लगाइएको डब्लुएचओले जनाएको छ । डब्लुएओले बुधबार मरिनबाट उपादित ती औषधिको गुणस्तर जाँचमा कमसल भएकोले बिक्री रोक्न निर्देशन दिएको छ ।

उज्वेकिस्तानले ती कफ सिरवपको प्रयोगबाट १९ बालबालिकाको मृत्यु भएको आरोप लगाएको थियो । उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरिनको लाइसेन्स रद्द गरिदिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *