‘स्वास्थ्य एमालेको भागमा’

काठमाडौँ, २४ पुस । सत्ता गठवन्धन दलहरुबीच प्रदेश सरकारको नेतृत्वको कसले गर्ने भन्ने विषयमा आइतबार बेलुका बसेको शीर्ष नेताहरुको बैठकले टुंग्याएको छ ।

अब छिटै नै संघीय सरकारका बाँकी रहेका मन्त्रालयको बाँडफाँड गरी मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा शीर्ष नेताहरु रहेका छन् ।

दिनहुँ जसो बसेको बैठकमा शीर्ष नेतृत्वमा संघीय सरकारको मन्त्रालय बाँडफाँडमा पनि मोटामोटी सहमति भईसकेको छ । तर पनि अन्तिम समयसम्म फेरवदल हुनसक्ने भएकोले त्यसलाई सार्वजनिक गर्न नेताहरु मानिरहेका छैनन् । खासगरी संसदबाट विश्वासको मत लिए लगत्तै सरकार विस्तार गर्ने तयारीका साथ शीर्ष नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।

स्वास्थ्य एमालेकै भागमा ?
गठबन्धन दलका शीर्ष नेताबीच संघीय सरकारको बाँकी रहेका मन्त्रालय भागवण्डाको विषयमा अनौपचारिक छलफल भइसकेको छ । त्यसमा केही मन्त्रालयको बारेमा पनि लगभग टुंगो लागि सकेको छ । त्यसरी टुंगो लागेको मन्त्रालयहरुमा स्वास्थ्य समेत परेको बताइएको छ ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय नेकपा एमालेले लिनेछ । ‘नेताहरुबीच स्वास्थ्य एमालेले पाउने भन्ने सहमति भइसकेको छ । अब कुनै त्यस्तो अफ्टेरो अवस्था आएर पुन निर्णय लिनु परेमा फरक कुरा भयो । अन्यथा स्वास्थ्य मन्त्रालय एमालेले नै लिनेछ,’ स्रोतले भन्यो ।

यसअघि एमालेको स्वास्थ्य विभागले कुनै हालतमा स्वास्थ्य छाड्न नहुने भन्दै अध्यक्ष केपी ओली तथा शीर्ष नेताहरुलाई भेटेर दवाव समेत दिएको थियो । ‘शीर्ष नेतृत्वले यसपटक हाम्रो कुरा सुनेका छन्,’ एमाले स्वास्थ्य विभागका एक सदस्यले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *