प्राडा गेहनाथ बरालको अध्यक्षतामा नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन) नयाँ कार्यसमिति

दोस्रो द्धीबार्षिय बैज्ञानिक सम्मेलनमा चार जनालाई अभिनन्दन

काठमाडौँ, २४ पुस । नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)को अध्यक्षमा प्राडा गेहनाथ बराल निर्विरोध निर्वाचित भएका छन् ।  होटल र्‍याडिसनमा शनिबार भएको गोसोनको निर्वाचनबाट प्राडा बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

निर्वाचन अधिकृत प्राडा कल्पना उपाध्याय सुवेदीका अनुसार उपाध्यक्षमा डा जितेन्द्र परियार, सचिवमा प्राडा गणेश दंगाल, कोषाध्यक्षमा डा स्निग्धा राई, सहसचिवमा डा विनोद अर्याल र बैकल्पिक सचिवमा डा अनु बज्राचार्यलाई निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै कार्यसमितिमा निवर्तमान अध्यक्ष डा शीला बर्मा, पदेन सदस्य, डा ऋजुता जोशी, डा कीर्तिपाल सुवेदी, डा कविन भट्टचन र डा रमेश श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् ।

यो कार्यसमितिको पदावधी दुई वर्षको हुने बताइएको छ ।

यसैबीच गोसोनका शनिबार दोस्रो द्धी बार्षिय बैज्ञानिक सम्मेलन पनि सम्पन्न भएको छ । ‘गाइनोकोलोजिकल क्यान्सर केयर ब्रिजिङ द ग्याप इन लो रिसोर्स सेटिङ्ग’ नारा दिइएको सो सम्मेलनमा महिलाको प्रजनन अंगका विभिन्न प्रकारका क्यान्सरहरु जस्तै पाठेघर, पाठेघरको मुखको क्यान्सर, डिम्बासयको क्यान्स, योनिमार्गको क्यान्सर लगायतका विभिन्न क्यान्सरको निदान, उपचार रोकथाम, स्क्रिनिङ्ग, तथा अनुसन्धान सम्वन्धी छलफल गरिएको थियो ।

सम्मेलनमा उत्कृष्ठ कार्यपत्र प्रस्तोता दुई जनालाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा समाजका सल्लाहकारद्धय डा विष्णुदत्त पौडेल र प्रभुराज बैद्य, संस्थापक अध्यक्ष डा अचला बैद्य साथै नेपाल प्रसूति तथा स्त्री रोग समाज नेसोगको तर्फबाट पूर्व अध्यक्ष समेत रहेकी प्रतिनिधि सभा सदस्य डा चन्दा कार्कीलाई अभिनन्दन गरिएको थियो ।

करीव १५० जना चिकित्सकहरुको सहभागिता रहेको सो सम्मेलनमा ४० भन्दा बढी कार्यपत्र प्रस्तुत भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *