चौबिस घण्टामा थप ३ जनामा कोरोना संक्रमण, ४ जना संक्रमणमुक्त
काठमाडौँ, १९ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप २ हजार २७ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २० रहेको छ ।