स्थानीय तहमा समायोजन भई गएका स्वास्थ्यकर्मीलाई फिर्ता नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

भन्यो, 'तलवका लागि रकम अपुग भए हामीले व्यवस्था गरिदिन्छौँ'

काठमाडौँ, १३ पुस । समायोजन मिलानका क्रममा स्थानीय तहमा गईसकेका स्वास्थ्य समूहका कर्मचारीलाई फिर्ता नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ। कतिपय स्थानीय तहले तलब खुवाउन नसकिने भन्दै समायोजन भई गएका कर्मचारीलाई फिर्ता पठाउन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले त्यसरी कर्मचारी राख्दा अपुग हुने रकम आफूले व्यवस्था गर्ने समेत जनाएको छ ।

गत ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत गर्ने बताइएको छ । मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ।

‘समायोजन र समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट वित्तिय हस्तान्तरणमार्फत बजेट पठाउने,’ स्थानीय तहहरुलाई पठाइएको पत्रमा भनिएको छ, ‘समायोजन मिलान भई गएका कर्मचारीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारपूर्वक कामकाज लगाउन हुन यस मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०७९/९/८ को निर्णयअनुसार अनुरोध छ।’

नपुग तलब भत्ता हाललाई मन्त्रालयबाट वित्तीय हस्तान्तरण मार्फत बजेट पठाइने पत्रमा भनिएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *