स्वास्थ्य मन्त्रालय हाल प्रधानमन्त्री प्रचण्डसंगै

काठमाडौँ, ११ पुस । नयाँ सरकार गठनसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टुंगो अझै लागेको छैन् । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगै रहने भएको छ ।

सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले विभिन्न मन्त्रालयको जिम्मेवारी बाँडफाँड भएको सुनाउँदा स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री प्रचण्डसंगै रहेको सुनाएका थिए ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृह मन्त्री रबि लामेछानेलाई सपथ ग्रहण गराएकी छन् ।

यस्तै उनले विना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वाला साह, अब्दुल खान र राजेन्द्रकुमार राईलाई सपथ ग्रहण गराएकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *