पूर्व स्वास्थ्य मन्त्री अधिकारी बने एमाले गण्डकी प्रदेशको संसदीय दलको नेता, मुख्यमन्त्री हुने सम्भावना बढ्यो

काठमाडौँ, १० पुस । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

उनी गत प्रदेशसभा निर्वाचनमा एमालेका तर्फबाट कास्की क्षेत्र नं १(क) बाट बिजयी भएका थिए । अधिकारी एमालेको संगठन विभाग प्रमुख समेत हुन् ।

यसअघि संघीय सांसद बनेका अधिकारी संघीय सरकारमा स्वास्थ्य मन्त्री बनिसकेका छन् । उनीसंग छोटो समय गृह मन्त्रालय सम्हालेको पनि अनुभव छ ।

यसपटक अधिकारी प्रदेशमा झर्दा धेरैले अचम्म मानेका थिए भने कतिपयले मुख्यमन्त्री बन्न गएको अनुमान लगाएका थिए । निर्वाचन परिणामले भने उनी मुख्यमन्त्री हुने सम्भावना घटेर गएको थियो । तर, आइतबार विकसित नयाँ राजनीतिक घटना क्रमले भने उनलाई पुन: मुख्य मन्त्री पद नजिक पुर्‍याएको छ ।

नयाँ गठबन्धनको बैठकमा  एमालेले कम्तीमा प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको नेतृत्व गर्ने करीव करीव सहमतिमा पुगेका छन् । यसो भएमा गण्डकीको मुख्य मन्त्री अधिकारी बन्नेछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *