चिकित्सक संघ निर्वाचन : प्रदेश १ को उपाध्यक्षका उम्मेद्धार डा. बिपेश आचार्य पनि निर्विरोध

सुदूरपश्चिमको उपाध्यक्षमा उम्मेद्धारी दिएका डा. गिरीको पनि नाम हट्यो

काठमाडौँ, ७ पुस । नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा प्रजातान्त्रिक समूहबाट प्रदेश नं १ को उपाध्यक्षमा उम्मेद्धारी दिएका डा विपेश आचार्य पनि निर्विरोध निर्वाचित हुने पक्का भएको छ । संघको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको उम्मेद्धारहरुको दोस्रो सूचीमा डा आचार्यको प्रतिस्पर्धी नभएपछि उनी निर्विरोध हुने पक्का भएको हो ।

प्रदेश नं १ मा उपाध्यक्षका लागि प्रगतिशील समूहबाट उम्मेद्धारी दिएका डा यज्ञराज खरेलको उम्मेद्धारी निर्वाचन समितिले बदर गरिदिएपछि आचार्य एकल उम्मेद्धार बनेका हुन् ।

संघको निर्वाचन समितिले उम्मेद्धारी दर्ता गराउँदा डा खरेलले बुझाएको कागजातहरु आवश्यकता अनुसार नभएको देखिएपछि उम्मेद्धारी खारेज गरेको बताएको छ । ह्वाट्स एपबाट पठाएको आवेदनहरुमा हस्ताक्षर नभएको तथा हुुनुपर्ने केही कागजात नमिलेकोले उम्मेद्धारको सूचीबाट हटाइएको समितिले जनाएको छ ।

यसअघि प्रजातान्त्रिक समूहबाट उम्मेद्धार बनेका बरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल, लुम्विनी प्रदेशका उपाध्यक्ष डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेशका उपाध्यक्ष डा केशरबहादुर ढकाल, कोषाध्यक्ष डा प्रमोद जोशी, सहसचिव डा लिजन महर्जन, सह कोषाध्यक्ष डा विक्रान्त ढकाल निर्विरोध निर्वाचित हुने पक्का पक्की भईसकेको छ ।

सुदूरपश्चि प्रदेशका उपाध्यक्षका उम्मेद्धार डा गिरीको पनि नाम हट्यो
यसैबीच निर्वाचन समितिले सुदूरपश्चिमबाट उपाध्यक्षमा उम्मेद्धारी दिएका डा प्रविणकुमार गिरीको पनि उम्मेद्धारी बदर गरेको छ । कर्णालीमा काम गर्ने गिरीले सुदूरपश्चिममा उम्मेद्धारी दिन नमिल्ने भन्दै समितिले उनको उम्मेद्धारी खारेजी गरिदिएको हो ।

अव सुदूरपश्चिको उपाध्यक्षमा प्रगतिशील समूहबाट डा निरज अर्याल र लोकतान्त्रिक समूहबाट डा प्रशान्त भट्टको मात्रै उम्मेद्धारी कायम छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *