सन्दर्भ : विश्व अकुपञ्चर दिवस

अकुपञ्चर चिकित्सा र यसको उपचार विधि

– डा. झुला अधिकारी (रविन)

सन् २०११मा विश्व अकुपञ्चर तथा मोक्सिव्यूसन सोसाइटीको मिटिङ्गको निर्णय अनुसार हरेक बर्षको नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवसको रुपमा मनाउने निर्णय भएता थियो ।

नेपालमा भने पहिलो पल्ट आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको आयोजनामा अकुपञ्चर चिकित्सामा संलग्न तथा अन्य चिकित्साका व्यक्तिहरुको सहभागीतामा यस पटक देखि नोभेम्बर २२ (मंसीर ६ गते) विश्व अकुपञ्चर दिवस मनाइंदैछ ।

यसै सन्दर्भमा यहाँहरु समक्ष अकुपञ्चर चिकित्साकाबारेमा केही बुझाउने प्रयास गर्दैछु ।

परिचय :

अकु अर्थात सियो र पञ्चर अर्थात घोचाई । यस अर्थमा स साना सियोेवाट छालामा गरिने घोचाई नै सामान्य अर्थमा अकुपञ्चर हो ।

कुपञ्चर चिकित्सा पूर्विय चिकित्सा पद्धतिहरु मध्येको महत्पूर्ण चिनियाँ चिकित्सा पद्धति (TCM) अन्तर्गतको प्रमुख चिकित्सा विधी हो ।

प्राचीनकालमा मानिसहरु युद्ध लड्दा ढुङ्गाको हतियार प्रयोग गर्थे, युद्धमा लड्दा ढुङ्गाको हतियारले मानिसका विभिन्न ठाउंमा प्रहार गर्थे ।

यसरी ढुङ्गाको हतियार शरीरका विभिन्न भागमा रोपिंदा त्यो रोपिएको भागमा घाउ भएता पनि शरीरको अर्को कुनै भागमा भने रोग निको हुने गर्थो , यो किन भयो भनेर विचार गर्ने क्रममा एक प्रकारको अनुसन्धान नै प्रारम्भ भएको अनुमान गरिन्छ र यो विस्तारै अकुपञ्चर चिकित्साको रुपमा विकसित भएको ठानिन्छ । यसरी हेर्दा यो चिकित्सा पद्दतिको शुरुवात मानव सभ्यताको सुरवातसंगै भएको मानिन्छ ।

हामीले सामान्यतया अनुभव गर्ने गरेको उर्जा भनेको विजुलीले चीम वलेको, दाउराले आगो वलेको देखेका छौं । तर उर्जालाई कहिले हामीले आफू भित्र महशुष गरेका छौं त रु आयुर्वेद तथा चाइनिज चिकित्साका अनुसार जीवनीय उर्जा हाम्रो शरीरमा रहेका विभिन्न च्यानल मार्फत निरन्तर प्रवाह भई रहेको हुन्छ ।

आयुर्वेद अनुसार यस्ता च्यानललाई स्रोतस् भनिन्छ । त्यसैगरी हिन्दु धर्ममा , वौद्ध धर्ममा, योगमा पनि शरीर भित्र उर्जाको प्रवाह हुने कुराको व्याख्या पाइन्छ, योगमा उर्जा प्रवाह हुने मार्गलाई नाडी भनिन्छ ।

चिनियाँ चिकित्सा पद्धति (TCM)अन्तर्गतको अकुपञ्चरमा पनि हाम्रो शरीरमा रहेका उर्जा वहने मार्ग (मेरिडियन) मार्फत उर्जा निरन्तर प्रवाह भइरन्छ भन्ने मान्यता रहेको छ । आजको करिव ३००० वर्ष भन्दा पनि पहिले चीनमा शुरु भएको अकुपञ्चर चिकित्सा १६औं शताव्दी पछि यूरोप र अमेरिका हुँदै संसार भरी नै लोकप्रिय बन्दै गइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) वाट समेत मान्यता प्राप्त एवं वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुका तथा यसको परिणामका कारण आधुनिक चिकित्सा पद्दतिका चिकित्सकहरुले एलोपेथी उपचार संगै संगै अकुपञ्चर चिकित्सालाई समेत अपनाउन थालेका कारण अकुपञ्चर विश्व भरी नै फैलिरहेको छ ।

प्रारम्भिक रुपमा  ढुङ्गावाट वनेका needle बाट नै अकुपंचर गर्ने गरिन्थ्यो भने समयक्रममा धातुको खोजसंगै stone needle  लाई धातुद्घारा निर्मित सुईहरुले बिस्थापित गर्दै गए ।

अहिले प्रयोग हुने अकुपञ्चर सियोहरु धागो जस्तै मसिना खालका, खिया नलाग्ने किसिमका, स्टीलवाट वनेका हुन्छन् । अकुपञ्चर सियोको विकास संगै यसका चिकित्सा सिद्धान्तहरु पनि विकास भएको पाइन्छ । चिनिया चिकित्सा पद्घतिको महत्वपूर्ण शास्त्रिय पुस्तकका रुपमा रहेको मा अकुपञ्चरका निम्नानुसार मुख्य आधारभुत सिद्धान्तको वर्णन पाइन्छ ।

 यिन याङ्ग सिद्घान्त
 पंचतत्व सिद्घान्त
 भित्री प्रमुख अंङ्ग सम्वन्धि सिद्धान्त ९श्बलन(ँग यचनबलक०
 मेरिडियन तथा कोल्याटेरल्स् ( उर्जा शक्ति मार्ग),

यिन याङ्ग सिद्धान्त
व्रम्हाण्ड र पृथ्वीका नियमहरुलाई यीन र याङ सिद्धान्तको मार्फत वुझ्न सकिन्छ । व्रम्हाण्ड र पृथ्वीका सम्पूर्ण वस्तु,चरित्रहरुलाई यीन र याङको रुपमा व्यक्त गर्न सकिन्छ । जस्तै पानी यीन हो र आगो याङ हो , यीन चन्द्र हो भने याङ सूर्य हो ,अंध्यारो यीन हो भने उज्यालो याङ हो ।

पञ्चतत्व सिद्धान्त
व्रम्हाण्ड, पृथ्वी र प्रकृतिमा भएको सम्पूर्ण जीवन प्रकृया वा जीवन चक्र भनेकै पञ्चतत्वको गतिवाट सम्भव भएको हो । पञ्चतत्वहरु क्रमश काठ, आगो , पृथ्वी भबचतज , धातु  । पञ्चतत्वहरु प्रकृतिका विभिन्न रुपहरु हुन् ,प्रकृतिमा एउटा सर्वमान्य गतिशिल सन्तुलन ० हुन्छ जुन पञ्चतत्ववाट प्राप्त हुन्छ ।

जीवनको श्रोत र शक्ति प्रकृतिवाट प्राप्त हुन्छ र पञ्चतत्व र जीवनवीच एउटा अटुट सम्वन्ध रहेको हुन्छ । पञ्चतत्वको नियमहरुवाट नै जीवनको सञ्चालन भएको हुन्छ ,नियमको सहि सञ्चालन र सन्तुलन नै स्वस्थ जीवन हो ।

उर्जा शक्ति मार्ग 

चिनिया चिकित्सा पद्धति अनुसार शरीरमा एक प्रकारको जीवनीय शक्ति प्र्रवाहित भइरहेको हुन्छ । उक्त शक्ति प्रवाहित हुने निश्चित काल्पनिक वाटोलाई शक्ति मार्ग प्रभावित भएको ७ भनिन्छ । मेरिडियन सिद्धान्त अकुपञ्चर चिकित्साको अत्यन्तै महत्वपूर्ण सिद्धान्त हो । चिनिया चिकित्सामा मानिसको जीवनले कसरी काम गर्छ , रोग कसरी लाग्दछ , रोग निको पार्ने के कस्ता उपायहरु अपनाउने भन्ने जस्ता अत्यन्तै महत्वपूर्ण ज्ञान यिनै मेरिडियनहरुले प्रदान गर्दछन् ।

१२ वटा नियमित मेरिडियनहरु हाम्रो शरीरको दाँया र वाँया र शरीरको अगाडी र पछाडीको वीच भागवाट एक एक वटा मेरिडीयन गरी जम्मा १४ प्रकारका मुख्य च्यालनहरु मथि वाट तल तिर फैलिएका हुन्छन् ।

तिनै मुख्य च्यानलवाट अन्य हाँगा च्यानलहरु र तिनका पनि हाँगा साना साना च्यानलहरु  मिलेर पुरा शरीरलाई ढाकेको हुन्छ । मेरिडियन र तिनका हाँगाहरु हाम्रो शरीरका अंगहरु, जोर्नीहरु र तन्तुहरु आदि संग जोडीएका हुन्छन् र ती अंगहरु ,जोर्नीहरु र तन्तुहरुले यिनै शक्ति मार्ग मार्फत आवश्यक शक्ति र उर्जा प्राप्त गरिरहेका हुन्छन् । यस्ता मेरिडियनहरु विभिन्न अंगहरु संग सम्वन्धित हुन्छन् र तिनै अंगहरुको आधारमा नै नामाकरण भएका हुन्छन् ।

यिनीहरु प्रत्येक वाहिरी वाटो  र भित्री वाटो  गरी शरीरका वाहिरी र भित्री भागलाई अटुट र नियमित रुपले शक्तिको प्रवाह गरिरहन्छ । यिनै मेरिडियनहरुमा नियमित रुपले जीवनीय शक्ति  प्रवाहित भएको हुन्छ । कुनै कारणले यिनको प्रवाहमा अवरोध आएमा स्वास्थ्यमा समस्या देखा पर्दछ र अकुपञ्चरले त्यही अवरोध हटाएर रोग निको पार्दछ भन्ने मान्यता छ । यिनै मेरिडियन लाइनमा लगभग ३६१ वटा मुख्य उर्जा विन्दुहरु अवस्थित हुन्छन् । यिनलाई अकुपोइन्टस् भनिन्छ । यिनै बिन्दुहरुमा स–साना मसिना बिशेष प्रकारका बिशेषता भएका सियोहरुद्धारा विभिन्न बिधि प्रयोग गरी शारीरिक, मानसिक, भावनात्मक स्तरमा जीवनीय शक्तिलाई सन्तुलन वनाउंदछ । र विभिन्न समस्याहरुको समाधान हुने गर्दछ ।

दक्ष व्यक्तिले आवश्यक अकुपोइन्टस्मा विधी पूर्वक अकुपञ्चर सियो राख्दा विरामीलाई उक्त सियो राखेको स्थानमा तातो महशुष हुने , भारी भएको जस्तो हुने , एक प्रकारको करेन्टको प्रवाह भए जस्तै हुनु पर्दछ भने सियो राख्ने व्यक्तिले समेत त्यो अनुभूति गर्दछ ।

अकुपञ्चर चिकित्साको सहि लाभ लिनका लागि यस्तो महशुष हुनु अति जरुरी हुन्छ जसलाई उर्जाको अनुभूति  भनिन्छ । यहि कारण जहां पायो त्यहिं जो सुकै व्यक्ति संग अकुपञ्चर गराउन हुँदैन । हेर्दा उस्तै लागेपनि गर्ने व्यक्तिको दक्षता विना अकुपञ्चरवाट लाभ लिन सकिन्दैन केवल आफ्नो स्वास्थ्य ,पैसा र समयको वर्वादी मात्र हुनेछ ।

खोज तथा अनुसन्धान
आधुनिक वैज्ञानिक खोजहरुले प्राचीन चिनिया चिकित्सामा कल्पना गरिएका उर्जा शक्ति मार्गहरु (मेरिडियनहरु) धेरै वर्ष सम्म काल्पनिक नै रहे । पछिल्लो समयमा मेरिडियनका वारेमा वैज्ञानिक खोजहरु भइरहेका छन् र अझै पनि निरन्तर भई नै रहने छन् ।

आधुनिक खोजहरु अनुसार मेरिडियनलाई मा व्याख्या गरेको पाइन्छ । त्यसैगरी पछिल्लो समयमा शरीत को रुपर क्रिया विज्ञान सम्वन्धि अध्ययनले स्नायुतन्त्र परिकल्पनालाई अगाडी सारेको पाइन्छ जस अनुसार अकुपञ्चर गर्दा सर्वप्रथम शरीरका संवेदी स्नायु उत्तेजित गरी त्यो संकेत दिमागमा पुर्याई दिमागवाट पुन आवश्यक संकेत पाएपछि नै चाहिएिको अकुपञ्चरको परिणाम प्राप्त हुन्छ भनिएको छ तर अझै अनुसन्धानहरुले यहि नै हो भनेर यकिन गरिनसकेको अवस्था छ ।

तर पनि उर्जा वहने अकुपञ्चर मेरिडियनहरु वास्तवमा केन्द्रिय तथा परिधीय स्नायु प्रणाली  को रुपमा नै मान्न र बुझ्न सकिन्छ ।

अकुपञ्चरले कसरी काम गर्दछ,कुन पोइन्ट्समा सियोले उत्तेजना पैदा गर्ने र कसरी सियो राख्यो भने वढी फाइदा लिन सकिन्छ भन्ने कुरा २०१७मा प्रकाशित न्यूरोपञ्चर भन्ने पुस्तकका अनुसार अकुपञ्चरले विभिन्न तरिकाले आफ्नो काम गर्दछ जसमा स्थानीय मेकानिज्म, स्पाइनल कर्ड मेकानिज्म, इन्डोजेनस ओपोइड सर्किट मेकानिज्म, स्नायु प्रणाली मेकानिज्म, स्नायुमांशपेसीगत मेकानिज्म पर्दछन् । ती मध्ये कुन मेकानिज्म आवश्यक छ सोहि अनुसार नै अकुपोइन्ट्स छनौट गर्ने र सियो राख्ने विशेष विधी अपनाउनु पर्ने हुन्छ ।

चिनिया चिकित्सा अन्तर्गत अकुपञ्चर वाहेक पनि एउटै चिकित्सा सिद्धान्त अनुसार कार्य गर्ने अन्य चिकित्सा विधीहरुमा एक्युप्रेसर वा थुइना ( शरिरका विशेष विन्दुहरूमा विशेष प्रकारको दवाव दिई गरिने उपचार), मोक्सिबुसन (तितेपातीबाट निर्मित विशेष प्रकारको भुवा ९ःयहब धयय०ि लाई विभिन्न तरिकाले शरिरका भागमा उष्णता पु¥याई गरिने चिकित्सा ), कानको अकुपञ्चर(विशेष प्रकारका सुक्ष्म सियोले वा अन्य विधिवाट कानमा रहेका विशिष्ट विन्दुहरूमा उत्तेजना पैदा गरी रोगोपचार गरिने चिकित्सा, विद्युतीय अकुपंचर,कस्मेटीक अकुपञ्चर, रक्तमोक्षण लगायतका विधिहरू पर्छन् ।

नेपालमा अकुपंचरको प्रवेश २०२८ सालमा कोदारी राजमार्ग निर्माण गर्दा आएका चिनियाहरुसंगै भएको मानिन्छ अहिले सम्म आइपुग्दा यस चिकित्साको अभ्यास नेपालमा पनि विस्तारै वढ्दै गइरहेको पाइन्छ ।

नेपालम उपलब्ध अकुपञ्चरका दक्ष जनशक्तिहरुवाट मात्र अकुपञ्चर सेवा लिने गरौं । अकुपञ्चर भन्दैमा जथाभावी अनाधिकृत व्यक्तिवाट अकुपञ्चर नगरौं । यस वारे राम्ररी बुझेर मात्र सेवा लिने वानी वसालौं । सवैमा विश्व अकुपञ्चर दिवसको मंगलमय शुभकामना !

धन्यवाद !

 

#हाल केन्द्रीय आयुर्वेद अस्पताल, नरदेवी,काठमाण्डौमा कार्यरत डा अधिकारी नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजका अध्यक्ष समेत हुन् ।

 

 


Leave a Reply

Your email address will not be published.