विश्व स्वास्थ्य सभामा सहभागी हुन स्वास्थ्य मन्त्री मेहता जेनेभा जाँदै, भ्रमणदलमा अरु को – को ?

काठमाडौँ, २ जेठ । स्वीट्जरल्याण्डको जेनेभामा सोमबार देखि सुरु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७९ औँ महासभामा सहभागी हुन स्वास्थ्य मन्त्री निशा मेहता आज राती त्यस तर्फ प्रस्थान गर्दैछिन् ।

उनको साथमा मन्त्रालयबाट अरु दुई जना सहसचिवस्तरका कर्मचारी सहभागी हुनेछन् ।

जेनेभास्थित नेपालको स्थायी नियोगका अरु छ जना अधिकारी पनि सो सम्मेलनमा सहभागी हुने स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालबाट सहभागी हुनेहरुमा मन्त्री मेहतासंगै मन्त्रालयको समन्वय महाशाखा प्रमुख यशोधा अर्याल र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा रोशन न्यौपाने रहेका छन् । उता जेनेभास्थित स्थायी नियोगबाट सहभागी हुने अधिकारीहरूमा राजदूत तथा स्थायी प्रतिनिधि राम प्रसाद सुवेदी, उपस्थायी प्रतिनिधि डमरु बल्लभ पौडेल, काउन्सिलर सुवाङ्ग पराजुली, प्रथम सचिव श्रीकृष्ण सिलवाल रहेका छन् । यसैगरी प्रथम सचिव रोनल राई, र द्धितीय सचिव सुजन लामिछाने रहेका छन् ।

अब नेपाल उपाध्यक्षको भूमिकामा
यसैबीच १० जेठसम्म चल्ने महासभा बैठकले नेपाललाई उपाध्यक्षको जिम्मेवारी सुम्पदै छ । यसबाट नेपालले विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने अनुमान गरिएको छ ।

‘छरितो प्रतिनिधिमण्डल’ 

यसैबीच सचिवालयले यसपटकको भ्रमणदल छोटो र छरितो रहेको दावी गरेको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठुलो सङ्ख्यामा प्रतिनिधिमण्डल पठाउने ुजम्बो टोलीु को प्रवृत्ति रहँदै आएकोमा, यस पटक सरकारले त्यसमा सुधार गर्दै छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने सकारात्मक निर्णय गरेको उसको ठहर छ ।

परराष्ट्र मन्त्रालयको विवरणअनुसार, यसपटक कुल नौ सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्री मेहतासहित जम्मा ३ जना उच्च अधिकारीहरू मात्र जेनेभा प्रस्थान गर्नेछन्।

बाँकी ६ जना सदस्यहरू जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुने व्यवस्था मिलाइएको छ। अनावश्यक भ्रमण भत्ता र हवाई भाडा जस्ता प्रशासनिक खर्च कटौती गर्दै, विदेशस्थित कूटनीतिक नियोगको जनशक्तिलाई अधिकतम उपयोग गर्ने सरकारको यो कदमलाई सचिवालयले राष्ट्रिय स्तरमा मितव्ययी अभ्यासका रूपमा अघि सारेको दावी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *