एमालेको घोषणा पत्र : महिनावारी हुने उमेर समूहका सबै महिलालाई स्यानिटरी प्याड खरीदका लागि १५०० रुपैयाँ उपलव्ध गराउने

268
Shares


काठमाडौँ, १५ कात्तिक । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका देशभरीका महिलाहरुलाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य बैकल्पिक साधन खरीदका लागि बार्षिक रुपमा १ हजार ५ सय रुपैयाँ उपलव्ध गराउने भएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको घोषणा पत्रको ग्यारेन्टी नं १७ मा स्वस्थ महिनावारी १५०० बर्ष भरी नाराका साथ स्यानिटरी प्याड खरीदका लागि रकम उपलव्ध गराउने कुरा उल्लेख छ ।

यस्तै एमालेले  प्रसूति हुने सतप्रतिशत महिलाको गर्भअवसथको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य सस्थाबाट नियमित प्रसुति सेवा सुनिश्चित गर्ने समेत उल्लेख गरेको छ ।

ग्रामिण तथा दुर्गमका जोखिममा रहरेका सुत्केरी महिलाको निशुल्क आपतकालिन उद्धार सेवा गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स सेवा उपलव्ध गराईने समेत उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *