केयूको उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

168
Shares

 

काठमाडौँ, २९ साउन । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त भएका छन् ।

केयूको कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा बराललाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले प्राडा बरालको नाम सिफारिस गरेको थियो । प्राडा बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।

उपकुलपतिका लागि प्राडा बालचन्द्र लुईटेल, प्राडा विवेक बराल र प्राडा विकास नकर्मी तीन जनाको नाम सिफारिस भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *