फार्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा ३४ प्रतिशत मात्रै उत्तीर्ण

काठमाडौँ, ५ कात्तिक । नेपाल फार्मेसी परिषद्को २० औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३५ दशमलव ४ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् २६४ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।

परीक्षाका लागि कुल ७९६ निवेदन परेको थियो।

परिषद्ले पहिलो पटक बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको थियो। गलत व्यक्तिको प्रवेश रोक्न र र थप प्रभावकारी बनाउन बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको परिषद्का रजिष्ट्रार सञ्जिव कुमार पाण्डेयले बताए।

परीक्षा विहान १० बजे देखि सानोभर्याङस्थित नेपाल सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *