राष्ट्रपति भण्डारी शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २५ असोज । स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् । ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिईन । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उपचारमा सम्लग्न डा निरज बमले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको बताए । उनले कोभिड १९ पोजेटिभ आएकोमा पाँच दिनको अब्जरभेसन सकिएपछि डिस्चार्ज गरिएको बताए ।
‘स्वास्थ्यमा सुधार छ । अलि अलि खोकी छ । त्यो विस्तारै ठिक हुन्छ । आज आफै हिडेर तलसम्म जानु भयो । थप समस्या परेमा उपचार त भई नै हाल्छ । अहिलेलाई हामीले डिस्चार्ज गरिदिएका छौँ,’ डा. बमले भने ।
राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याविन नं ६०१ मा राखेर उपचार गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]
उहालाई चाडै सन्चो हुनु डाक्टर निरज बम ज्यु ठूलो हात छ उहाले बिरामिलाई छुदा आधा ठिक हुन्छ ❤️🙏