आधारभूत स्वास्थ्य केन्द्र, ५० र २०० शय्याका अस्पतालको दरबन्दी संरचना स्वीकृत

काठमाडौं, ९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहबाट सञ्चालन हुने आधारभूत स्वास्थ्य केन्द्र, प्रदेश सरकारबाट संचालन तथा व्यवस्थापन हुने ५० शय्याका जनरल अस्पताल (साविक जिल्ला अस्पताल) र २०० शय्याका प्रादेशिक अस्पतालहरुको लागि नयाँ संगठन संरचना स्वीकृत गरेको छ।

संगठन संरचना स्वीकृत गरेसँगै मन्त्रालयले यसको कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सातवटै प्रदेश अन्तरगतका स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ। पत्रमा यो कार्यान्वयन गर्दा आवश्यक पर्ने आर्थिक दायित्व स्थानीय तह र प्रदेश सरकारले आफै व्यवस्था गर्नु पर्ने बताएको छ ।

नयाँ संरचनामा जनस्वास्थ्यको समेत दरवन्दी कायम गरिएको छ। नर्सिङ, पारामेडिक्स, जनस्वास्थ्य विशेषज्ञ चिकित्सक लगायत धेरै स्वास्थ्य जनशक्तिको दरवन्दी नयाँ संरचनामा समेटिएको छ। अब २०० शय्याका प्रादेशिक अस्पतालमा ५०० जनशक्ति रहनेछन् भने ५० शय्याका प्रादेशिक अस्पतालमा १४९ जनशक्ति रहनेछन्। स्थानीय तहबाट सञ्चालन हुने आधारभूत स्वास्थ्य केन्द्रमा १० जनाको दरबन्दी कायम गरिएको छ ।

हेर्नुहोस नयाँ दरबन्दी संरचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *