विद्यार्थीहरुलाई संघीय अस्पतालको ओपिडी शुल्कमा ५० प्रतिशत छुट गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौँ, ९ असोज । अब देशभरका विद्यार्थीहरुले संघीय अस्पतालमा उपचार गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । आइतबार स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले विद्यार्थीहरुलाई ओपिडी शुल्कमा छुट गर्ने निर्णय गरेका हुन् ।

स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले अब विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए । त्यसका लागि विद्यार्थीहरुले आफ्नो परिचय पत्र देखाउनु पर्नेछ । उनले ओपिडी बाहेक अन्य जाँचमा पनि छुट दिनका लागि थप पहल भइरहेको बताए ।

यसअघि विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थी उपचारमा छुट दिनु पर्ने भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *