चिकित्सक लाइसेन्स परीक्षामा ४२ प्रतिशत उत्तीर्ण

काठमाडौँ, ९ असोज । नेपाल मेडिकल काउन्सिलको शनिवार सम्पन्न ६४ औँ चिकित्सक दर्ता (लाइसेन्स) परीक्षामा ४२ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका अनुसार मेडिकल तर्फ १ हजार ६८६ जना र डेन्टल तर्फ ३५३ जना गरी कुल २ हजार ३९ जना सहभागी भएकोमा क्रमश: ७४० (४३.८९ प्रतिशत) र १२३ (३४.८४ प्रतिशत) गरी कुल १ हजार १७६ (४२.३२ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

परीक्षाका लागि कुल २ हजार ६० जनाले फारम भरेको भएपनि २१ जना अनुपस्थित भएका थिए । परीक्षामा मेडिकल तर्फृ एक जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्यय्न संस्थानमा गत बिहीबार, शुक्रबार र शनिबार चलेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *