चिकित्सक लाइसेन्स परीक्षामा ४२ प्रतिशत उत्तीर्ण
काठमाडौँ, ९ असोज । नेपाल मेडिकल काउन्सिलको शनिवार सम्पन्न ६४ औँ चिकित्सक दर्ता (लाइसेन्स) परीक्षामा ४२ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलका अनुसार मेडिकल तर्फ १ हजार ६८६ जना र डेन्टल तर्फ ३५३ जना गरी कुल २ हजार ३९ जना सहभागी भएकोमा क्रमश: ७४० (४३.८९ प्रतिशत) र १२३ (३४.८४ प्रतिशत) गरी कुल १ हजार १७६ (४२.३२ प्रतिशत) उत्तीर्ण भएका हुन् ।
परीक्षाका लागि कुल २ हजार ६० जनाले फारम भरेको भएपनि २१ जना अनुपस्थित भएका थिए । परीक्षामा मेडिकल तर्फृ एक जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।
परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्यय्न संस्थानमा गत बिहीबार, शुक्रबार र शनिबार चलेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



