डाक्टर कुटपिट गर्ने कर्मचारी माथि प्रतिष्ठानकाे कारवाही

 

काठमाडौं, ४ भदाै । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टर कुटपिट गर्ने कर्मचारीलाई कारवाही गरेकाे छ । प्रतिष्ठानकाे शुक्रबार बसेकाे बैठकले डा करण साहमाथी कुटपिट गर्ने कर्मचारी धनबहादुर शाही कारवाही गर्ने निर्णय गरेकाे हाे ।

प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले कुटपिटमा उत्रिएको आरोप लागेका शाहीलाई ४५ दिन निलम्बन गरेकाे बताए । उनले घटनाकाे छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको जानकारी दिए ।

बैठकले डा पुजन राेकायाकाे संयोजकत्वमा डा अनुप समाल र अधिवक्ता मिनबहादुर महत सदस्य रहेकाे समिति गठन गरेको हाे । याे समितिलाई ३० दिन भित्र प्रतिवेदन बुझाउन भनिएकाे छ ।

प्रतिष्ठान कै चाैथाे तहमा कार्यरत कर्मचारी शाहीले गत बिहीबार ईमर्जेन्सी मा कार्यरत डाक्टर साहलाई कुटपिट गरेका थिए ।
उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेकाे छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *