नेपाल चिकित्सक संघको निर्वाचन तयारी : प्रमुख निर्वाचन अधिकृत तोकिए डा. धनबहादुर


काठमाडौँ, २८ साउन । नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तोकिएका छन् । शनिबार सम्पन्न ‘एनएमए काउन्सिल मिटिङ’ले डा. धनबहादुर राना मगरलाई यसपटक संघको निर्वाचन गराउन प्रमुख निर्वाचन अधिकृत तोकेको हो ।

त्यसो त डा. राना संघको निर्वाचनलाई सहज ढंगले पार लगाउन सक्ने अनुभवी चिकित्सक मानिन्छन् । उनले यसअघि ७ पटक नेपाल चिकित्सक संघ र तीन पटक नेपाल मेडिकल काउन्सिलको प्रमुख निर्वाचन अधिकृत भई निर्वाचन गराईसकेका छन् ।

अब उनले थप दुई जना निर्वाचन अधिकृत नियुक्त गर्नेछन् । त्यसपछि निर्वाचनको मिति तोक्ने छन् ।

मिति नतोकिएपनि संघको निर्वाचन आगामी माघ महिनामा गर्ने तयारी भइरहेको बताईन्छ ।

आजको बैठकले ‘एनएमए कन्फ्रेन्स’ आगामी फागुन महिनामा बिराटनगरमा गर्ने निर्णय भईसकेको छ । यो ‘कन्फ्रेन्स’मा नयाँ निर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पद तथा जिम्मेवारी हस्तान्तरण समेत गर्ने गरिन्छ ।

एनएमको निर्वाचनमा यसपटक सात जना उपाध्यक्ष थपिने छन् । उनीहरुलाई सात वटा प्रदेशको संयोजन गर्नेगरि जिम्मेवारी दिईने व्यवस्था भएको बताइएको छ ।

‘अब तत्कालै दुई जना निर्वाचन अधिकृत नियुक्ति गर्ने, निर्वाचनको मिति तोक्ने सबै, सदस्यता खुलाउने,नविकरण गर्ने, त्यसमा दावी विरोध गर्ने लगायतका सबैकामहरु निर्वाचन समितिले गर्दछ,’ नव नियुक्त प्रमुख निर्वाचन अधिकृत डा रानाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *