स्वास्थ्यमा सरुवा :

मन्त्रालयको समन्वय महाशाखा प्रमुख बने डा. ठाकुर, क्षयरोग केन्द्र डा. जोशीको जिम्मामा

प्रमुख औषधि व्यवस्थापक ढकाललाई प्रदेश स्वास्थ्य निर्देशक बनाईयो, डा. बगालेलाई कीटजन्य रोग प्रयोगशाला पठाइयो

 

काठमडौं, २५ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री खापुङका निजी सचिव भक्तबहादुर खड्काका अनुसार केही समय देखि रिक्त रहेको स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिइएको छ । उनी यसअघि राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको निर्देशन थिए । मन्त्री खापुङले क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा रिता भण्डारी जोशीलाई तोकेका छन् ।

यस्तै फार्मेसी समूहका प्रमुख औषधि व्यवस्थापक नारायण ढकाललाई प्रदेश नं १ को प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक बनाइएको छ । उनी लामो समय देखि मन्त्रालयमै फाजिलमा थिए ।

यस्तै हेटौडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखको जिम्मेवारी डा विश्वबन्धु बगालेलाई दिइएको छ । त्यहाँ प्रमुख रहेका डा केशव पण्डितलाई मन्त्रालय तानिएको छ ।

यस्तै मन्त्रालय अन्तरगर्तका उपसचिवको समेत जिम्मेवारी हेरफेर भएको छ । कान्ति बाल अस्पतालको प्रशासन तर्फका उपसचिव भवनाथ खतिवडालाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ । त्यहाँ मन्त्रालयबाट सूर्य गौतमलाई पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *