कोभिडबिरुद्धको खोप नलगाउँदा ज्यान जाने खतरा

काठमाडौँ, २१ साउन । सरकारले कोभिडबिरुद्धको खोप अनिवार्य रुपमा लगाउन आम सर्वसाधारणसंग अपिल गरेको छ । उसले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर डोज लिन समेत अनुरोध गरेको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखा (इडीसीडी)का महामारी व्यवस्थापन शाखा प्रमुख डा. खगेश्वर गेलालले पछिल्लो पटक कोभिड संक्रमणमा परी ज्यान गुमाउने मध्ये ७६ प्रतिशतले कोभिडबिरुद्धको खोप नलगाएको पाइएको बताए ।

‘पछिल्ला केही सातामा १७ जनाको ज्यान गएको छ । त्यसमध्ये १३ जनाले कोभिडबिरुद्धको खोप लगाएका थिएनन् । अन्य तीन जनाले बुस्टर डोज लिईएको पाईएन् । यसले पनि खोपको महत्व कति छ भन्ने देखाउँछ । खोप नलगाएका व्यक्तिमा कोभिड हुँदा त्यसले ज्यानै जानसक्ने खतरा समेत बढी हुने देखिएको छ,’ उनले भने ।

इडीसीडीका अनुसार कोभिडबाट मृत्यु भएका १७ मध्ये १२ जनामा एक भन्दा बढी दीर्घ रोग भएको र एक जना बाहेक सबैको उमेर ४९ बर्ष माथि रहेको छ । महाशाखाले २१ बर्ष देखि ८५ बर्ष उमेर समूहका व्यक्तिहरुको ज्यान गएको उल्लेख गरेको छ ।

पछिल्लो पटक नेपालमा कोभिडविरुद्धको खोप पर्याप्त मात्रामा उपलव्ध छ । तर ७५ प्रतिशत बढीले बुस्टर डोज लिएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये १२ बर्ष माथि ८८.४ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । कुल जनसंख्यामा भने यो प्रतिशत ७०.६ प्रतिशत हुन आउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *