लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना
रूपन्देही, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।
हिजो राति राति १ बजेतिर दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
राज्यमन्त्री वलीलाई शरीरमा प्रेसर र सुगरको मात्रा बढी भएकोले स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण पनि देखिएको छ ।
हिजो बिहान दाङको तुलसीपुरमा एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति प्रदेश सरकारको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]