योग तथा प्राकृतिक चिकित्सक संघ नेपालको अध्यक्षमा पुन: डा. जनकबहादुर बस्नेत चयन

892
Shares

काठमाडौँ, ३१ साउन । योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालको अध्यक्षमा पुनः डा. जनकबहादुर बस्नेत चयन भएका छन् ।

काठमाडौँमा शनिबार सम्पन्न संघको १८औँ वार्षिक साधारण सभा तथा नवौँ औँ महाधिवेशनले डा. बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

विगत १८ बर्ष देखि संघलाई निरन्तर अध्यक्षता गर्दै आएका डा. बस्नेत यसपल्ट पनि सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा डा. दिनेश राई, महासचिवमा डा. हेमराज कोइराला र कोषाध्यक्षमा डा. सञ्जु खाइजूलाई चयन गरेको छ । संघको नयाँ कार्यसमिति सदस्यहरूमा डा. रविनलाल श्रेष्ठ, डा. सुमन चौलागाईं र डा. अभिश्राम गुरागाईं, चयन भएका छन् ।

सो अवसरमा योग तथा प्राकृतिक चिकित्सकहरूको पेशागत हकहित, योग तथा प्राकृतिक चिकित्सा विधाको विकास, चिकित्सकहरूको क्षमता अभिवृद्धि, सदस्यता विस्तार तथा संघको संस्थागत र आर्थिक सुदृढीकरणलगायतका विषयमा छलफल भएको थियो ।

चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ हाइटमा रहेको जंगल महल वेलेनेस रिसोर्टमा भएको अधिवेशनको उद्घाटन गर्न अग्रज प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल आएका थिए । उक्त अवसरमा पोखरेल सहित बरिष्ठ व्यक्तित्व प्राडा. दिनेश प्रसाई लगाएतले मन्तव्य राखेका थिए ।

नवनिर्वाचित कार्यसमितिले नेपालमा योग तथा प्राकृतिक चिकित्साको प्रवद्र्धनसँगै यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको पेशागत अधिकार र व्यवसायिक सुरक्षाका लागि प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *