नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. बज्राचार्य

काठमाडौँ, ३१ साउन । नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. बर्षा बज्राचार्य चयन भएकी छन् ।
शनिबार सम्पन्न संघको साधारणसभाबाट डा. बज्राचार्यको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. प्रतिभा पौडेल, महासचिवमा डा. विधाता ओझा, सहसचिवमा डा. प्रदिप भण्डारी र कोषाध्यक्षमा डा. राधा बराल चयन भएका छन् ।
सदस्यहरुमा डा. प्रतिक्षा घिमिरे, डा. प्रिती सिंह, डा. दिपिका गौतम, डा. होनिया राउत रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




