स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग
बुटवल, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।
वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् ।
वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
विगतमा पनि वलीसंग जोडिएर पदीय मर्यादा बाहिरका विषयहरु आएको तर अहिलेको हर्कत आपत्तिजनक र निन्दनीय भएको ढकालले बताए। नेता ढकालले राज्यमन्त्र वलीलाई बर्खास्त नगरे प्रदेश सरकारको नालायकी पुष्टी हुने समेत बताए ।
एकराजको घरमा उनकी श्रीमती र छोरीलाई हातपात गरेको खबर पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा राखेको छ ।
सम्पर्क इमेल : [email protected]