ईजिप्टमा पुगेका छन् मन्त्रीमा बढुवा भएका राज्यमन्त्री खापुङ

काठमाडौँ, २२ जेठ । स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका भवानीप्रसाद खापुङ यतिवेला विदेश भ्रमणमा छन् । उनी हिजो (शनिबार) मात्रै ईजिप्टमा सुरु भएको प्रकोप व्यवस्थापन सम्वन्धी कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन् ।

‘राज्यमन्त्री ज्यू हिजो मात्रै ईजिप्ट प्रस्थान गर्नु भएको हो । उहाँ अब २६ जेठमा मात्रै फर्कनु हुन्छ । प्रकोप व्यवस्थापन सम्वन्धी कार्यक्रमका लागि त्यसतर्फ जानु भएको हो,’ राज्यमन्त्री खापुङका प्रेस सल्लाहकार मनोज लिम्बुले भने ।

उनले २६ गते नेपाल फर्केपछि नयाँ जिम्मेवारी सम्हाल्ने बताए ।

खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी २०७० को संविधान सभामा पनि सदस्य थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *