स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनीमा लैजाने कुरामा समर्थन छैन्, पुनराबलोकन गरियोस् : गिरिराजमणि पोखरेल

काठमाडौँ, १९ जेठ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन नरहेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, वर्तमान प्रधानमन्त्रीकै नेतृत्वको अघिल्लो सरकार रहेका बेला पास भएको ऐन हो । अहिले आएर स्वास्थ्य बीमालाई कम्पनीमा दिने भन्ने कुरा आएको छ, मैले कुनै पनि कोणबाट हेर्दा बुझ्न सकेको छैन् । त्यसैले म यो निणृयलाई पुनरावलोकन गर्न आग्रह गर्दछु ।

उनले स्वास्थ्य बीमा कार्यक्रम नामा नोक्सानको कोणबाट नभई युनिभर्सल हेल्थ कभरेजको कन्सेप्टबाट आएको भन्दै डव्लुएचओसंग गासिएर आएका हाम्रा कार्यक्रमसंग समेत अहिलेको निर्णय मेल नखाने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रममो लाइन मिनिस्ट्री अर्थ नभई स्वास्थ्य नै रहनु पर्ने समेत जिकिर गरे ।

उनले आज संसदमा के भने ?

‘सभामुख महोदय, मैले यो समर्थन गर्न नसक्ने कुरा यो छ कि स्वास्थ्य बीमा कम्पनीलाई दिने विषय । बर्तमान प्रधानमन्त्रीकै नेतृत्वको बेलामा ८० दिन जति म उहाँको क्याविनेटमा रहेँ त्यति खेर पास गरेको ऐन हो यो । पछि कमरेड प्रचण्डको नेतृत्वमा गगन जीहरुले लामो गृहकार्य गर्नु भएको थियो र त्यसलाई हामीले सदनबाट पास गर्‍यौं । अहिले यसलाई कम्पनीलाई दिने भन्ने कुरा चाही कुनै कोणबाट हेर्दा पनि मैले बुझ्न सकेको छैन् ।

म यो निर्णयलाई पुनरावलोकन गर्न पनि आग्रह गर्दछु । किनभने यो युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको हो । यो नाफा र नोक्सानको कोणबाट आएको होईन । जे जति विश्व स्वास्थ्य संगठनसंग गासिएर हाम्रा कार्यक्रम तथा संरचना बनाएका छौँ यो संग पनि मेल खाँदैन यो कुरा ।

यो त हाम्रो सामाजिक उत्तरदायित्वसंग गाँसिएको कुरा हो । यसको लाइन मिनिस्ट्र चाहि स्वास्थ्य मन्त्रालय नै हो । यसलाई अहिले अर्थ तिर लान खोजिएको जस्तो बुझिएको छ र ०४९ को बीमा तिर जोडन खोजेको हो कि भन्ने परेको छ ।

त्यसैले यसले एकदमै राम्रो छलफलको माग गर्दछ । म अहिले चाही जे कुरा आएको छ, यसलाई समर्थन गर्न सकेको छैन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *