स्थानीय तह निर्वाचन :

मेडिकल काउन्सिलको प्रशासन प्रमुख छाडेर बुढानीलकण्ठको उपप्रमुखमा उठेकी लामा बिजयी

3.4k
Shares

काठमाडौं, ४ जेठ । स्थानीय तह निर्वाचनका लागि नेपाल मेडिकल काउन्सिलको प्रशासन प्रमुखबाट राजिनामा दिई नेकपा एमालेको तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्धारी दिएकी अनिता लामा बिजयी भएकी छन् ।

केही बेर अघि सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धार बनेकी रमिला बाग्लेलाई पराजित गरेकी हुन् ।

उपप्रमुख पदमा लामाले कुल १४ हजार ३१४ मत ल्याई बिजयी हुँदा बाग्लेले ११ हजार ९७२ मत मात्रै प्राप्त गरिन ।

सो नगरपालिकामा प्रमुख र अधिकांश वडा अध्यक्षमा पनि एमालेका उम्मेद्धार निर्वाचित भएका छन् । प्रमुखमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिएका थिए ।

उम्मेद्धार बन्नु अघि लामाले १७ वर्ष लामो काउन्सिलको जागिर छाडेकी थिईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *