मेडिकल व्यवसायी सुनील शर्माद्धारा काँग्रेस महामन्त्री पदका लागि उम्मेदवारी

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा मेडिकल व्यवसायी सुनील शर्माले खुल्ला समूहबाट महामन्त्री पदमा उम्मेद्वारी दिएका छन् ।
कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्पका साथ आफूले उम्मेदवारी दिएको बताएका छन् ।
आज दिउसो राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर खुला समूहबाट महामन्त्री पदमा आफ्नो उम्मेदवारी गराएको बताउँदै उनले बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य र जनसेवाको भावनालाई केन्द्रमा राखेर पार्टी र जनताबीचको सम्बन्ध अझ बलियो बनाउने आफ्नो प्रतिबद्धता रहेको उल्लेख गरेका छन् ।
पूर्व सांसद समेत रहेका शर्मा नोवेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, पिपुल्स डेन्टल कलेजका सञ्चालक हुन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


