प्रेमसागर कर्माचार्यद्धारा १६२ पटक रक्तदान

काठमाडौँ, १७ जेठ । स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६२ औं पटक रक्तदान गरेका छन् । शुक्रबार बागबजारस्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलमा आयोजित विशेष समारोहमा कर्मचार्यले रक्तदान गरेका हुन् ।

सो समारोहमा रक्तदाता कर्मचार्यलाई केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारले रक्त संकलन थैली प्रदान गरेकी थिइन । सबैभन्दा बढी पटक रक्तदान गरि आफ्नै रेकर्ड भंग गर्दै आएका कर्माचार्यलाई काठमाडौँ महानगरपालिका २८ वडाध्यक्ष भाइराम खड्गी प्रकाश ले अभिनन्दन समेत गरेका थिए । सो समारोहमा ५० जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेलाई मास्क, पञ्जा र स्यानिटाइजर
यसैबीच शुक्रबारको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई महिला स्वास्थ्य स्वयंसेविका २८ नं वडाले कोरोना महामारीबाट जोगिनका लागि न्युनतम स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।

सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाले एक थान पञ्जा, एक थान स्यानिटाइजर, मास्क र सावुन एक एक थान उपलव्ध गराएका थिए । उनीहरुले कोरोना भाइरसबाट जोगिनका लागि न्युनतम स्वास्थ्यका उपायहरु कसरी अवलम्बन गर्ने भन्नेबारेमा समेत सचेत गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *