डा. केसीलाई अनसन त्याग्न आग्रह गर्दै सरकारले भन्यो, ‘माग सम्बोधन गर्न प्रतिवद्ध छौँ’

0
Shares

काठमाडौं, १६ कात्तिक । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।

मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रका सुधारका काम अघि बढिरहेको उल्लेख गर्दै सहकार्य र संवादमार्फत जारी अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ।

इलाम पुगेर १२ कात्तिकबाट अनसन सुरु गरेका डा केसीको स्वास्थ्य विग्रिएपछि आज हेलि रेस्क्यु गर्दै काठमाडौँ ल्याइएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । डा केसीको स्वास्थ्य विग्रिएको खबर सार्वजनिक भएपछि तत्काल बार्ता गरी माग सम्वोधन गर्नुपर्ने आवाज बढेको छ ।

सरकारमाथि दवाव बढेपछि मन्त्रालयले आज अवेर एक विज्ञप्ती जारी गर्दै डा. केसीले उठाएका मागका विषयमा सरकार गम्भीर र संवेदनशील रहेको उल्लेख गरेको हो ।

उसले विगतमा भएको सहमति र डा केसीले उठाएको छ बुँदे मागको बुँदागत रुपमा जवाफ दिदै मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा सुधार, सेवा प्रभावकारिता तथा सुशासन अभिवृद्धिका लागि विभिन्न काम अघि बढाएको जनाएको छ।

यस्तो छ विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *