डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइदै
काठमाडौँ, १६ कात्तिक । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि इलाममा अनसनरत डा गोविन्द केसीलाई काठमाडौँ ल्याइने भएको छ । उनलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर इलाम पुगिसकेको छ ।
डा केसीको स्वास्थ्य उपचारमा खटिएका जिल्ला अस्पताल इलामका डा महेश आचार्यले अस्पतालबाट डा केसीलाई एम्बुलेन्समा चडाईसकिएको र करीव १० मिनेटमा हेलिकप्टर भएको ठाउँमा पुग्ने बताए ।
‘नेपाली सेनाको हेलिकप्टर आईसकेको छ । हामी पनि अस्पतालबाट उहाँलाई लिएर निस्कदै छौँ । अबको १० १५ मिनेटमा डा केसीलाई लिएर हेलिकप्टर काठमाडौँका लागि उड्ने छ,’ उनले सम्छिप्त प्रतिक्रिया दिदै भने ।
डा केसीलाई त्रिवि शिक्षण अस्पतालमा लगिने बताइएको छ ।
विभिन्न ६ बुँदे माग अघि सार्दै गत १२ कात्तिकबाट अनसन थालेका डा केसीको स्वास्थ्य विग्रिएपछि गत शनिबार राती इलाम अस्पताल लगिएको थियो । यसअघि इलाम अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य विवरणअनुसार टाइप–२ मधुमेहका बिरामी रहेका केसीको रगतमा ग्लुकोजको मात्रा घटेर ३६ मिलिग्राम प्रतिडेसिलिटरसम्म पुगेको थियो।
पिसाबमा एसिटोनको मात्रा बढेको र मुटुको इसिजी परीक्षणमा भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स (भिपिसी) समेत देखिएको अस्पतालले जनाएको थियो ।
डा केसीको स्वास्थ्य अवस्थाको बारेमा नेपाल चिकित्सक संघले चासो व्यक्त गर्दै तत्काल उपचार र बार्ताको बातावरण बनाउन माग गरेको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




