यस्तो छ चीनले दश दिनमा तयार गरेको १००० बेडको अस्पताल

काठमाडौँ, २० माघ । कोरोना भाइरसको माहामारी नियन्त्रणलाई सहयोग गर्न चीनले १० दिन अघि निर्माण शुरु गरेको १००० बेडको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । हुवोसनशान अस्पताल नाम दिइएको सो अस्पताल सञ्चालनको जिम्मा चिनियाँ जनमुक्ति सेनाले लिएको छ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै अस्पताल जनवरी २५ देखि निर्माण थालिएको थियो ।

वुहानको वर्कर्स सेन्टोरियममा  प्रिफ्याव प्रविधिबाट निर्माण भएको अस्पताल निर्माणमा दिन रात सात हजार बढी कामदार परिचालित भएका थिए।

अस्पतालमा चिनियाँ जनमुक्ति सेनाका एक हजार चार सय स्वास्थ्यकर्मीहरु परिचालन हुनेछन्।

यसअघि अस्पताललाई त्यहाँको स्थानीय सरकारले सेनालाई आइतवार हस्तान्तरण गरेको थियो । यसका लागि चिनियाँ सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सि जिनफिङले स्वीकृति आइतबार नै स्वीकृदिदिएका हुन्।

यहाँ परिचालित हुने स्वास्थ्यकर्मीहरुमध्ये ९५० जना जनमुक्ति सेनाको जोइन्ट लजिस्टिक सपोर्ट फोर्सले सञ्चालन गरेको अस्पताल र ४५० जना पीएलए ग्राउण्ड फोर्स मेडिकल युनिभर्सिटी, पीएलए नेभी मेडिकल युनिभर्सिटी, पीएलए एयरफोर्स मेडिकल युनिभर्सिटीका स्वास्थ्यकर्मीहरु हुन्। त्यस्तै टोलीमा पीएलएको रोक नियन्त्रण तथा रोकथाम केन्द्रका विज्ञ र पीएलए मिलिटरी साइन्सको मिलिटरी मेडिकल इन्स्टिच्यूटका विज्ञहरु छन्।

यसपटक परिचालन हुन लागेको यो फोर्स सन् २००८ पछिको ठूलो हो। सन् २००८ मा सिचुवान प्रान्तमा गएको भूकम्पका बेला ठूलो संख्यामा पीएलएका स्वास्थ्यकर्मीहरु परिचालित भएका थिए। उनीहरु मध्ये धेरैले सन् २००३ मा सार्सको महामारी आउँदा सेवा गरेका थिए। त्यस्तै कतिपय पश्चिम अफ्रिकामा २०१४ मा इबोला देखिँदा त्यहाँ पुगेर सेवा गरेका चिकित्सक पनि हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *