कोरोना भाइरसबाट चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु

बेइजिङ । नयाँ कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीन बाहिर एक जनाको मृत्यु भएको छ । फिलिपिन्समा रहेका एक जना चिनियाँ नागरिकको शनिबार मृत्यु भएको साउथ चाइना मोर्निङ पोष्ट विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै जनाएको छ ।

मृत्यु हुने ४४ वर्षिय चिनियाँ नागरिक फिलिपिन्समा एक जना ३८ बर्षीया चिनिया महिलाका साथीसंग रहन्थे । उनी पछिल्लो समय चीनमा गएका थिएनन् तर उनको महिला साथी भने गत २१ जनवरीमा चीनको वुहानबाट हंङकंङ हुँदै फिलिपिन्स पुगेकी थिइन ।

उनी फिलिपिन्स पुगेको केही दिनमा ती पुरुषलाई संक्रमण देखा परेको बताइएको छ । फिलिपिन्सका स्वास्थ्य विभागका अधिकारीहरु भन्छन्, ‘संक्रमण भएको केही दिनमै गम्भीर खालको निमोनिया देखापरयो र अन्तत ज्यान गयो ।’

डव्लुएचओका फिलिपिन्स प्रतिनिधि रविन्द्र अवेयासिंङ्घेले कोरोनाभाइरसबाट चीन बाहिर भएको पहिलो मृत्यु भएका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्ेरेटले चीन, हंङकङ र मकाउबाट आउने व्यक्तिका लागि अस्थायी रुपमा यात्रा प्रतिवन्ध लगाइएको बताएका छन् ।

कोरोनाभाइरसबाट शनिबारसम्म चीनमा मात्रै ३०४ जनाको मृत्यु भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *