नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१३ पुग्यो, संक्रमितको संख्या साढे ९ हजार

एजेन्सी । नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनमा २१३ पुगेको छ । हुवे प्रान्तमा मात्रै विहीबार ४२ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् । हुवे प्रान्तमा एकैदिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै बढी हो ।

विहीबार मात्रै चीनका विभिन्न प्रान्तका १७ वटा शहरमा १२०० नयाँ संक्रमित थपिएका छन् । यो संगै चीनमा मात्रै नयाँ कोरोनाभाइरसको संक्रमणमा पर्नेको संख्या ९ हजार ३५६ पुगेको छ । अन्य मुलुकमा देखिएको केश समेत गणना गर्दा संक्रमितको संख्या ९ हजार ४८० पुगेको छ ।

चिनियाँ अधिकारीहरुले विहीबार मात्रै ५ हजार ८०६ नयाँ केश भेटेका छन् । तीमध्ये ८०४ जना गम्भीर अवस्था र २९० जना चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । अहिलेपनि विभिन्न प्रान्तमा गरी ३२ हजार ३४० जनालाई अव्जरवेशनमा राखिएको छ ।

सन् २००२ – ०३ मा सार्सको महामारी हुँदा संसारभर ८०० जनाको ज्यान गएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *