दक्षिण कोरियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटियो

सिओल, ७ माघ  । चीनको वुहान सहरबाट देखा परेको रहस्यमयी ‘कोरोनाभाइरस’ को सङ्क्रमण दक्षिण कोरियामा पनि पहिलो पटक भेटिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई ‘कोरोनाभाइरस’ पुष्टि भएको हो । अस्पतालमा अन्य विरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था स्पुटनिकले कोरियाली अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

उक्त रोगको सङ्क्रमण जनवरीको सुरूमा वुहानबाट पत्ता लागेको थियो । यो जिबाणु सङ्क्रमित विरामी निमोनिया र अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएजस्तै देखिने गर्छ ।

यसैबीच चीनमा ‘कोरोनोभाइरस’का कारण सोमबारसम्म तीनको मृत्यु भएको छ । चीनले करिब १४० जनामा यो रहस्यमयी रोग लागेको पुष्टि गरेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीले उक्त रोगको सङ्क्रमण बेइजिङमा सोमबार दुई जनामा फेला परेको र क्वाङडोङमा पनि एक विरामीमा सो समस्या पाइएको बताए । यसले ‘कोरोनोभाइरस’को सङ्क्रमण वुहानबाट अन्य सहरमा पनि फैलिएको पुष्टि भएको छ ।

यो रोगको सङ्क्रमण जापानमा एक र थाइल्याण्डका एक व्यक्तिमा भएको ती मुलुकका अधिकारीले यस पहिले नै जनाएका थिए ।    रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *