डव्लुएचओमा शुरु भयो स्वास्थ्य सचिव डा. चौधरीको जागिर

काठमाडौँ, १३ पुस ।  स्वास्थ्य सचिव डा पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को जागिर शुरु गरेकी छन् । सरकारले राजिनामा स्वीकृत गर्न ढिलाई गरिरहेका बेला उनले भने पूर्व निर्धारित योजना अनुसार डव्लुएचओमा जागिर शुरु गरेकी हुन् ।

डा चौधरीले यसअघि नै डव्लुएचओको कन्ट्रि अफिस भारतका लागि पी ५ लेभलको पदमा नाम निकालेकी थिइन । उता नाम निस्किएको केही समय पछि उनले नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएकी थिइन । १३ कात्तिकबाट लागू हुने गरी राजिनामा दिएपनि १७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले उनको राजिनामा भने अस्विकृत गरेको थियो ।

त्यसपछि उनले मंसिरको तेस्रो सातामा पुन राजिनामा स्वीकृत गर्न निवेदन दिएकी थिइन । मन्त्रिपरिषदले उनको पछिल्लो निवेदन माथि पनि कारवाही भएको सुनिएको छैन् । पछिल्लो पटक स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनको राजिनामाको विषयमा मन्त्रालय सकारात्मक भएको बताएका थिए ।

‘राजिनामाको विषयमा उहाँले दिएको पुन निवेदनको निर्णय आउन ढिलाई भइरहेको छ । निर्णय पर्खेर बस्दा ढिलाई हुने भयो । त्यसैले अहिले उहाँले जागिर शुरु गर्नु भएको छ । केही हप्ता भयो । डा चौधरीको निकटस्थ स्रोतले अगाडी थप्यो, ‘राजिनामा स्वीकृत नभई पनि ३५ दिन सम्म काम गर्न मिल्दो रहेछ । त्यसबीचमा स्वीकृत होला पनि ।’

गत वर्ष असोजमा मन्त्रिपरिषद बैठकले सचिव डा चौधरीलाई मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको थियो । सो निर्णय विरुद्ध उनी सर्बोच्च अदालतमा गइन र निर्णय कार्यान्वयन नगराउने गरी अन्तरिम आदेश लिएर आइन । त्यस पछि सरकार पुन भ्याकेटमा गएको थियो तर चौधरीको पक्षमै अन्तरिम आदेश आयो । त्यसबेला देखि सरकार र डा. चौधरीबीच सम्वन्ध चिसिएको हो ।

पछिल्लो समय डा. चौधरीले सरकारविरुद्ध दायर रिट त फिर्ता लिइन र राजिनामा दिइन । तर सिंहदरबारले उनको राजिनामा अझै स्वीकृत गरेको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *