समोआमा दादुराबाट ६२ जनाको मृत्यु

156
Shares

सुभा, १९ मंसिर। समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट बिहीबार थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

सरकारले बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार सामोआमा सो रोग निगरानी टोलीका अनुसार ४ हजार २१७ दादुराको सङ्क्रमण भएको छ । गएको २४ घण्टाभित्र नै १ सय ६५ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ ।

हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १ सय ६७ अस्पतालमा भर्ना छन् । सामोआ हाल आपतकालको अवस्थामा रहेको छ । सबै स्कूलहरू बन्द गर्नुको साथै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ ।

बिहीबार र शुक्रबार, सबै सार्वजनिक र सरकारी सेवाहरू बन्द गरिनुका साथै सार्वजनिक खोप अभियानमा सहयोग गर्न सबै सरकारी कर्मचारीहरूलाई आग्रह गरेको छ ।

खोपको आवश्यकता पर्ने परिवारहरूलाई घरको बाहिर रातो झण्डा वा कपडा छोड्न सरकारले आह्वान गरेको छ । दादुरा असाध्यै संक्रामक भाइरल रोग हो ।  रासस / सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *