समोआमा दादुराबाट ६२ जनाको मृत्यु

सुभा, १९ मंसिर। समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट बिहीबार थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

सरकारले बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार सामोआमा सो रोग निगरानी टोलीका अनुसार ४ हजार २१७ दादुराको सङ्क्रमण भएको छ । गएको २४ घण्टाभित्र नै १ सय ६५ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ ।

हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १ सय ६७ अस्पतालमा भर्ना छन् । सामोआ हाल आपतकालको अवस्थामा रहेको छ । सबै स्कूलहरू बन्द गर्नुको साथै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ ।

बिहीबार र शुक्रबार, सबै सार्वजनिक र सरकारी सेवाहरू बन्द गरिनुका साथै सार्वजनिक खोप अभियानमा सहयोग गर्न सबै सरकारी कर्मचारीहरूलाई आग्रह गरेको छ ।

खोपको आवश्यकता पर्ने परिवारहरूलाई घरको बाहिर रातो झण्डा वा कपडा छोड्न सरकारले आह्वान गरेको छ । दादुरा असाध्यै संक्रामक भाइरल रोग हो ।  रासस / सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *