‘डा. झालाई रिहा गरियोस’ भन्दै चिकित्सक संघले लेख्यो गृहमन्त्रीलाई चिठी

4.7k
Shares

काठमाडौँ, १२, मंसिर । नेपाल चिकित्सक संघले यौन दुव्र्यवहारको आरोपमा थुनामा रहेका डा रोहित कुमार झालाई तत्काल रिहा गर्न गृहमन्त्री रामबहादुर थापासंग माग गरेको छ । गृहमन्त्री थापाका नाममा दुई पेज लामो पत्र लेख्दै संघले डा झा माथि लागेको आरोप झुठा भएको दावी समेत गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीद्धारा हस्ताक्षरित पत्रमा विद्यमान संसोधित मुलुकी अपराध सहिता ऐन विपरिरत अस्पताल जस्तो संवेदनील क्षेत्रमा विरामी चेकजाँच गरिरहेको चिकित्सकलाई विना कुनै अनुसन्धान स्वास्थ्य परीक्षण गराई बाहिर गईसकेको विरामीले त्यसपछिको बिरामी जाँच गरिरहेको अवस्थामा परीक्षण कोठा बाहिर हुल हुज्जत गरी जवरजस्ती करणी उदोग गरेको भनि झुठा अभियोगमा चिकित्सकलाई पक्राउ गरिएको ‘ उल्लेख छ ।

हेर्नुहोस गृहमन्त्री थापाका नाममा पठाइएको पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *