‘चेन स्मोकर’ले दान गरेको फोक्सो प्रत्यारोपण गर्न डाक्टरद्धारा अस्विकार

मस्तिष्क मृत्यु भएका ‘चेन स्मोकर’बाट प्रत्यारोपणका लागि भनेर निकालिएको फोक्सो

एजेन्सी । चिनिया डाक्टरले मस्तिष्क मृत्यु भएका ५२ बर्षिय एक व्यक्तिले दान गरेको फोक्सो विरामीलाई प्रत्यारोपण गर्न अस्विकार गरेका छन् । पछिल्लो तीस बर्ष देखि लगातार धूमपान गरेका ती व्यक्तिको दान गरेको फोक्सोको अवस्था देखेपछि डाक्टरहरुले प्रत्यारोपणका लागि अस्विकार गरेका हुन् ।

वूसी पिपुल्स हस्पिटलका डा चेन जिंग्यू भन्छन्, दशकौ देखिको धूमपानले विगारेको उनको अस्वस्थ अंग हामी अर्को व्यक्तिलाई प्रत्यारोपण गर्न सक्दैनौँ ।

जिंगुले दान गर्न इच्छा देखाएको व्यक्तिबाट झिकिएको बिग्रेको फोक्सो देखाउँदै भने हाम्रो देशमा कयौँ धूमपान गर्नेहरु छन र उनीहरुको फोक्सो पनि यस्तै छ ।

दान गर्नका लागि निकालिएको फोक्सो अत्यन्तै धूमपानका कारण निकै कालो अवस्थामा थियो । सो देख्ने वित्तिकै जिंग्यूको टोलीले प्रत्यारोपण नगर्ने घोषणा गरेका थिए ।

‘यदि तपाईँ अत्यधिक धूमपान गर्ने व्यक्ति हो ।र मृत्यु पछि फोक्सो दान गर्ने इच्छा जाहेर गर्नु भएको छ भने पनि तपाईँको फोक्सो नलिन सकिन्छ । किनभने हेर्नुहोस धूमपान गर्नेको फोक्सो यस्तो क्षतविच्छेत देखिन्छ,’ डा जिंग्यूले विग्रिएको फोक्सो देखाउँदै भने ।

उनले बिरामीको मृत्यु अघि सिटिस्क्यान नगरिएको तर मस्तिष्क मृत्युपछि परिवारले दान गर्ने इच्छा जाहेर गरेकोले विकृत फोक्सो झिकिन गएको बताए ।

‘शुरुमा अंगहरुमा अक्सिजन लेभल ठीक थियो तर जव अंग झिक्न थालियो त्यसपछि मात्रै अंगहरु यो अवस्थामा रहेछ भन्ने थाह भयो,’ डा जिंग्यूले भने ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा तीस करोड भन्दा बढी मासिनहरु धूमपान गर्दछन् जो संसारभरका धूमपान सेवनकर्ताको एक तिहाई हुन आउँछ । सन् २००९ मा मात्रै चीनमा ३२ खर्ब खिल्ली चुरोट खपत भएको थियो, जो प्रमुखरुपमा चुरोट खपत हुने चारवटा देशको बराबर थियो ।

डव्लुएचओका अनुसार अहिले हरेक ३० सेकेण्डमा एउटा चिनिया नागरिक धूमपानको कारणले मृत्युवरण गर्न पुग्छ ।

हामी चिनियाहरु धूमपानलाई निकै नै मन पराउँछौँ । त्यसैले धूमपान गर्ने जतिको अंग लिइदैन भन्न त निकै नै गाह्रो हुन्छ तर सामान्य अवस्थाको मात्रै ।

चिनियाँ डाक्टरले निकालेको यो तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । कतिपयले धूमपान नियन्त्रण गर्ने सन्देश दिनका लागि गज्जवको तस्विर भेटियो समेत भन्न थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *