न्याम्सको पीजी प्रवेश परीक्षा स्थगित भएपछि परीक्षार्थी गए मन्त्रालय घेराउ गर्न

काठमाडौँ, १ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स)ले भोलि हुने भनिएको एमडीएमएस एडीएस प्रवेश परीक्षा स्थगित गर्ने निर्णय गरेपछि परीक्षा दिन आएका विद्यार्थी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् ।

उनीहरुले स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेटेका छन् भने उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटने तयारी गरेका छन् ।

मन्त्री यादवको निर्देशन पछि न्याम्सले आज मात्रै परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो । सो निर्णय पछि निर्णयपछि आक्रोशित विद्यार्थीहरुले मन्त्रालय घेर्न पुगेका हुन् ।

‘अहिले हामीले राज्यमन्त्रीलाई भेट्यौँ, उहाँले मलाई त केही थाह छैन् भन्नु भयो,’ एक परीक्षार्थी डा रोशन भगतले नेपाली हेल्थलाई भने ।

उनले परीक्षा दिने विद्यार्थी तयार, लिने निकाय न्याम्स तयार भइरहेको भन्दै मन्त्रालयले परीक्षा रोकेर अनुचित हस्तक्षेप गरेको आरोप लगाए । ‘अहिले सबै ठाँउ देखि परीक्षार्थी काठमाडौँ आईसकेको अवस्था छ । अन्तिम समयमा यसरी परीक्षा स्थगित हुँदा सबै विद्यार्थीहरुलाई चोट पुगेको छ । त्यसैले हामी स्वतस्फुर्त रुपमा मन्त्रालय आएका हौँ,’ डा भगतले भने ।

यसअघि न्याम्सले भोलि दिउसो १ देखि ३ बजेसम्मका लागि पीजी तहको प्रवेश परीक्षा लिने तयारी गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *