स्वास्थ्यले स्थानीय तहलाई भन्यो, ‘दरबन्दी संख्या होइन समायोजनको पत्र हेर र हाजिर गराउ’

44.1k
Shares

काठमाडौँ, ३० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनबाट दरबन्दी भन्दा बढी संख्यामा स्वास्थ्यकर्मी आएपनि हाजिर गराई काम काज लगाउन स्थानीय तहलाई निर्देशन दिएको छ । कतिपय स्थानीय तहमा दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मीहरु पुग्दा स्थानीय निकायहरु कस कसलाई हाजिर गराउने भन्ने अन्योलमा परेका थिए ।

मन्त्रालयले आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गर्दै दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी पुगे पनि हाजिर गराई काम काजमा लगाउन निर्देशन दिएको हो । निर्णयमा बढी भएका स्थानमा कर्मचारी अवकाश र कुनै कारणले रिक्त भएपछि स्वत मिल्ने भनिएको छ ।

यस्तै मन्त्रालयले पदनामको विषयमा पनि निर्णय गर्दै समायोजनका बेला जुन तहको पत्र लिएर गएको छ सोही अनुसार हाजिर गराई काम काज लगाउन भनिएको छ ।

मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले यो निर्देशन पछि समायोजन पछि स्थानीय तहमा देखिएको अन्योल हटने दावी गरे ।

मन्त्रालयले पठाएको पत्र यस्तो छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *