त्रिविको रिक्त उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस

820
Shares

काठमाडौँ, १७ असोज । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपतिको नाम छनौट गर्न गठित सर्च कमिटिले तीन जनाको नाम सिफारिस गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्च कमिटिबाट प्राडा धर्मकान्त बाँस्कोटा, प्राडा भगवान कोइराला र प्राडा चन्द्रमणि पौडेलको नाम सिफारिस भएको जानकारी दिए ।

उनले सिफारिस गरिएको नाम हिजो नै त्रिवि कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार बुझाइसकेको जानकारी दिए।

अब कुलपतिले तीन जनामध्येबाट एक जनाको नाम छनौट गर्ने छ ।

प्राडा तीर्थ खनियाँको अवकाश भएपछि त्रिविमा उपकुलपति पद खाली छ। अहिले प्राडा सुधा त्रिपाठीले उपकुलपतिको जिम्मेवारी सम्हालेकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *