स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौँमा खोलेका सम्पर्क कार्यालय हटाउने निर्णय

काठमाडौँ, ३ असार । सरकारले उपत्यका बाहिर स्थापना भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौँ उपत्यकामा स्थापना गरेका सम्पर्क कार्यालय हटाउने निर्णय गरेको छ । सोमबार उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्रीस्तरीय निर्णय गर्दै सम्पर्क कार्यालय राख्न नपाउने निर्णय गरेको हो ।

उपत्यका बाहिर स्थापना भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु मुख्य कार्यालयमा नपुगी सम्पर्क कार्यालयबाटै सबै गतिविधि गर्ने गरेको गुनासो बढेपछि यस्तो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘साउन देखि नै लागू हुने गरी यो निर्णय भएको हो । अब जहाँ मुख्य कार्यालय छ त्यहीबाट नै काम गर्नुपर्छ । काठमाडौँमा भाडामा कोठा लिएर सम्पर्क कार्यालयको नाममा रकम खर्च गर्न पाइएन । त्यस्तो खर्च भएमा आवश्यक परेको खण्डमा मन्त्रालयले नै सो उपलव्ध छुट्टै भाडामा प्रयोग गर्न पाइएन । खर्च गरेमा महा लेखापरीक्षकको कार्यलयलाई लेखि पठाई जसले त्यसरी खर्च गरयो उसंग असुल उपर गर्नुपर्छ भन्ने निर्णय भएको छ,’ स्वास्थ्य सचिव रामप्रसाद थपलियाले भने ।

उनले प्रतिष्ठानका लागि आवश्यक कक्ष चाहिएको खण्डमा बरु मन्त्रालयमै सो व्यवस्था गरिदिने तयारी भएको बताए ।

उपत्यका बाहिरका प्रतिष्ठानहरुले काठमाडौँमै सम्पर्क कार्यालय खोलेर प्रतिष्ठानका सबै गतिविधिहरु सम्पर्क कार्यालयबाट गर्ने गरेका छन् । प्रतिष्ठानका पदाधिकारीले आफूखुसी काज लेखेर लामो समय उपत्यकामा रहने र दोहोरो सुविधा समेत लिने गरेको समेत उजुरी परेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *