डडेल्धुराका चिकित्सकले भने, ‘असुरक्षित भयौँ सुरक्षित अवतरणको पहल गरिदिनुहोस्’

काठमाडौँ, २६ असार । डडेल्धुराका चिकित्सकहरुले बुधबार मध्यान्नको घटना पछि आफूहरु त्यहाँ असुरक्षित रहेको भन्दै तत्काल सुरक्षित अवतरणको पहल गर्न नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशलाई पत्र लेखेका छन् । पत्र लेख्नेमा डडेल्धुरा अस्पतालमा कार्यरत १५ जना चिकित्सकहरु छन् ।

पत्रमा प्रहरीले ल्याएको ‘शबको पोष्टमार्टम गर्ने क्रममा डाक्टरहरुमाथि घटेको घटना पश्चता अस्पतालका सम्पूर्ण चिकित्सकहरु यस ठाँउमा असुरक्षित रहेकोले यथाशिघ्र चाँडो यहाँबाट सुरक्षित अबतरणको निम्ति आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ भनिएको छ ।

अमरगढी नगरपालिका ११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भिडले शबको पोष्टमार्टम गरिरहेका डाक्टर दिनेश उपाध्याय सहित अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो । आक्रमणपछि चिकित्सकले सुरक्षाको कारण देखाउँदै आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

गोदान भन्छ, ‘ काठमाडौँ आउनुस मन्त्रालयमा हाजिर गर्नुहोस्’
यसैबीच सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरामा रहेका सम्पूर्ण चिकित्सकहरुलाई काठमाडौँ बोलाएको छ । उसले सतप्रतिसत सुरक्षित बाताबरण र दोषीलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान नगरिएसम्म सेवामा आत्म सुरक्षाका लागि केन्द्रमा रहन भनेको हो ।

उसले यसको जिम्मेवारी स्थानीय निकाय र प्रशासन हुने समेत बताएको छ । गोदान अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रविन खड्काद्धारा जारी विज्ञप्तीमा न्युनतम सेवा सुविधा र सिमित स्रोत साधनमा गुणस्तरीय उपचार समपिर्त चिकित्सकहरुको उच्च मुल्यांकन हुनुको सट्टा पटक पटक आक्रमण हुनु दुर्भाग्यपूर्ण रहेको बताएको छ ।

हेर्नुहोस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *