गोदानको आन्दोलनलाई एनएमए र एनडीएएनको साथ

काठमाडौँ, १४ फागुन । समायोजन प्रक्रियाको विरोधमा आन्दोलन गरिरहेको सरकारी चिकित्सक संघ नेपाल (गोदान)लाई नेपाल चिकित्सक संघ (एनएमए) र राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)को साथ रहेको छ ।

दुबै संस्थाले सोमबार अपरान्ह विज्ञप्ती जारी गर्दै गोदानको आन्दोलनमा ऐकेवद्धता जनाएका हुन् । उनीहरुले सरकारी चिकित्सकले उठाएको माग तत्काल पुरा गर्न समेत सरकारसंग अनुरोध गरेका छन् ।

एनएमएका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा माग पुरा गर्नका लागि चिकित्सकहरुले सेवा बहिस्कार गर्ने सम्मको आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु दुखद रहेको भन्दै त्यसमा राज्यले यसलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ । उसले गोदानको आन्दोलनमा आफूहरुको ऐकेवद्धता रहेको भन्दै सबै सदस्यलाई आन्दोलन सफल बनाउने कार्यमा सहयोग गर्न समेत आवहान गरेको छ ।

यता एनडीएनका महासचिव डा रमेश ढकालले सोमबार नै विज्ञप्ती जारी गर्दै समायोजनको विषयलाई लिएर गोदानले गरेको आन्दोलन र स्वास्थ्य मन्त्रालयमा पटक पटक भएको बार्ता निस्कर्ष विहीन भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उसले दिनरात नभनी विरामीको सेवामा लागि परेका चिकित्सकको बृत्ति विकासमा बढुवा र सरुवाको हल खोजिनु पर्छ भन्ने मान्यता रहेको भन्दै सरकारले गोदानले उठाएको जायज माग तत्काल पुरा गर्न सरकारसंग अनुरोध गरेको छ । उसले गोदानको आन्दोलनमा एडीएनको समर्थन रहेको समेत जानकारी दिएको छ ।

गोदानले सरकारी पक्षसंग सोमबारको बार्ता निस्कर्ष विहीन भएपछि आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने तथा सामुहिक राजिनामा बुझाउने बुधबार देखिको पूर्वघोषित कार्यक्रम यथावत रहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *