स्वस्थ मुटु, स्वस्थ जीवन

डा. मनोज श्रेष्ठ

स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा।
आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा ।।

जिन्दगीको मूल्य कति, कसले भन्न सक्छ ?
के मुटु झैँ, अविरल, कोहि चल्न सक्छ ?

ढुकढुकीको संगित यो, कस्तो सुमधुर ।
शब्द भर्छौँ जिवनको, यसमै सधैँभर ।।

जल्छ मुटु धुम्रपानले, उड्छ धुँवा सरि ।
जाँड रक्सी बोझ बनि, चढ्छ मुटु भरी ।।
आफ्नै मुटु पराई झैँ, कोहि गर्छन् किन ?
चुरोटलाई कुल्चिदेउ, आफ्नो शत्रु चिन ।।

एक दिनमा दुई लिटर पिऔँ सफा पानी ।
पानी जस्तै सफा बन्छ, मुटु- जिन्दगानी ।।

बिहानी छ कत्ति शितल, सधैँ व्यायाम गर्छु ।
काम गर्छु मिहिनेतले, अनि आराम गर्छु ।।
व्यर्थ तनाव, कति लिनु, म त मस्त बाँच्छु ।
स्वस्थ खान्छु, स्वस्थ पिउछु, म त स्वस्थ बाँच्छु ।।

चिल्ला पिरा, पकवान सारा, भयो टाढै राख्छु
पोसिलो देउ, रसिलो देउ, सागसब्जी चाख्छु ।

#वरिष्ठ मुटु रोग विषेशज्ञ डा. श्रेष्ठ पुरानो मेडिकल कलेज भरतपुरमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *